Friday, January 15, 2010

१२ बर्षे मकर मेला


प्राचीन कालमा र्स्वर्गका राजा इन्द्रलाई ऋषिको श्राप परेपछि पाप मोचनका लागि पनौती त्रिवेणी घाटमा स्नानगरी पापबाट मुक्त भएको कुरा हिमवत खण्डमा उल्लेख भएको पाईन्छ । जात्रा मल्लकालीन राजाहरूको पालादेखिनै शुरुवात भएको मानिन्छ, हिन्दुत्वको संरक्षण र सर्म्बर्द्धनका खातिर वर्षौ पिच्छे यो जात्रा मनाउने प्रचलन चलेको र यस जात्रालाई हिले जात्रा पनि भनिन्छ ।
परापूर्वकालमा जात्राको दिन पुण्यमाता खोलामा ठूलो बाढी आएको थियो । खोलापार गरी ब्रम्हायणीमा पूजा गर्न जान नपाई साँझ परेको थियो । सो कुरा पुण्यमाता खोलामा रहेकेा बासुकी नाग-नागिनीले थाहा पाएर उनीहरू पुल जस्तै बनी पार गराएकाले ब्रम्हायणीमा पूजा गरेको सम्झना स्वरुप यो जात्रा संचालन भएको अर्को किंवदन्ती पाइन्छ । आजेभोलि नागनागिनीको प्रतीकका रुपमा दुइवटा बाँस राख्ने चलन छ ।
बासुकीले पनौतीलाई पुरै बेरी संरक्षण गर्न कपालकोट डाँडामा बसी हेर्ने गर्छन् भन्ने भनाई बुढापाकाहरूको छ । वंशावली अनुरुप परम्परा र हिन्दूत्वको संरक्षणका लागि यो जात्रा आज भन्दा २ हजार वर्षपहिलेदेखि संचालनमा आएको देखिन्छ । जात्रा पहिले रातमा सक्नु पर्दथ्यो यद्यपि अहिले दिउँसो सक्ने गरिएको छ ।
यस जात्रामा रोगी मानिसले त्रिवेणी घाटमा स्नान गरी गोरख नाथलाई पानी चर्ढाई एकचित्त ध्यान गरेमा सम्पूर्ण रोग नास हुनेछ भन्ने भनाई छ । सांस्कृतिक एवं पर्यटकीय रुपले पनौतीको गोरखनाथ डाँडाबाट पूर्वमा नमोबुद्ध, पश्चिममा फूलचोकी माई, उत्तरमा गौरीशंकर र दक्षिणमा नारायणस्थान पर्छन् । यी चारै देवस्थलको दर्शन गर्नाले सम्पूर्ण रोग कट्टा भई मनोकांक्षा पूरा हुने जनश्रुती पाइन्छ । त्यसै गरी जात्रा सम्पन्न गर्न पनौती नगरपालिकाका कार्यकारी अधिकृत आत्माराम सत्यालको अध्यक्षतामा बैठक बसी जात्राको लागि खर्च हुने रकम विनियोजन गरी सरोकारवालाहरूसँग समन्वय बैठक बसी जात्रा चलाउने निर्णयगरिएको कुरा पनौती नगरपालिकाले जनाएको छ ।

सहस्राब्दी कै सबैभन्दा लामो सूर्यग्रहण


सहस्राब्दी कै सबैभन्दा लामो सूर्यग्रहणको दृश्य देखियो। यो खग्रास सूर्यग्रहण अफ्रिका र एसियामा देखिएको थियो। नेपालमा ३ घण्टा १८ मिनेट सम्म ग्रहण लागेको देखिएको थियो। काठमाडौंबाट सूर्यको ५९ प्रतिशत भाग ढाकिएको देखिएको थियो। यति लामो ग्रहण अब एक हजार वर्षपछि मात्र लाग्नेछ । तर खग्रास सूर्यग्रहण हेर्नलाई मौसमले साथ दिएन ।

नेपाली समाजमा सूर्य ग्रहण शुरु हुनुभन्दा चार प्रहर अगाडिदेखि ग्रहणको सुतक वा दोष लाग्ने भएकाले त्यस्तो समयमा खानपिन गर्न हुँदैन भन्ने धाराण भएको पाइन्छ। शयन, हाँस्य विनोद, मूर्तिस्पर्श, खेलकुद आदि पनि गर्नुहुँदैन । धर्मशास्त्रमा बताइएअनुसार ग्रहणको समयमा सुत्नाले आयु क्षीण हुन्छ, पिसाब गरे दरिद्र हुन्छ, दिशा गरे किराफट्याँग्रा हुन्छ, विषय वासनामा लिप्त रहे अर्को जन्ममा सुँगुरको जुनी प्राप्त हुन्छ।


Friday, November 13, 2009

माओवादीले गरेको २ दिने सिंहदरबार घेराउ !




बिहीबार शुरु भएको दुई दिने घेराउ नागरिक सर्वोच्चताको आफ्नो मागको समर्थनमा जारी माओवादीको आन्दोलनको दोश्रो चरण अन्तर्गतको अन्तिम कार्यक्रम हो।नाजगान र खाजा खाएर माओवादीले सिंहदरबार घेराउ गरे !आन्दोलन भन्दा पनि बनभोज या उत्सव जसतो थियो! माओवादी अध्यक्ष प्रचण्डले भने, "सरकार सहमतिमा नआए अर्को चरणमा आम हडताल लगायत कडा कार्यक्रम ल्याइनेछ"। मंसिर ५ गते देखि फेरी माओवादीको आन्दोलन शुरु होला त ?


माओवादीले गरेको सिंहदरबार घेराउ कसको लागि ? आफु या जनताको लागि !



Monday, June 22, 2009

First Post

This is my first post in this blogger..