Sunday, July 18, 2010

पशुपतिनाथमा बोलबम सुरु


हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव शिवजीको पुजा अर्चना सहित पशुपतिनाथमा बोलबम धार्मिक मेला सुरु भएको छ ।

काठमाडौंको सुन्दरीजलमा (श्रावण को पुर्णिमा देखी पुर्णिमा) कमण्डलुमा ल्याएको जल पशुपतिनाथमा चढाइने प्रचलन रहँदै आएको छ। लाखौं नेपाली भक्तजन अनेक कष्ट सहेर भारतको बाबाधाम जाने तर त्यहाँ जान नसकेकाहरूका लागि देशभित्रै मूल शिवस्थल छ भन्ने कुराको जानकारी गराउन बोलबम काँवरिया संघले सुन्दरीजल-पशुपति खाली खुट्टा नै बोलबम काँवरिया यात्रा
सुरु गरेको हो ।