
सहस्राब्दी कै सबैभन्दा लामो सूर्यग्रहणको दृश्य देखियो। यो खग्रास सूर्यग्रहण अफ्रिका र एसियामा देखिएको थियो। नेपालमा ३ घण्टा १८ मिनेट सम्म ग्रहण लागेको देखिएको थियो। काठमाडौंबाट सूर्यको ५९ प्रतिशत भाग ढाकिएको देखिएको थियो। यति लामो ग्रहण अब एक हजार वर्षपछि मात्र लाग्नेछ । तर खग्रास सूर्यग्रहण हेर्नलाई मौसमले साथ दिएन ।
नेपाली समाजमा सूर्य ग्रहण शुरु हुनुभन्दा चार प्रहर अगाडिदेखि ग्रहणको सुतक वा दोष लाग्ने भएकाले त्यस्तो समयमा खानपिन गर्न हुँदैन भन्ने धाराण भएको पाइन्छ। शयन, हाँस्य विनोद, मूर्तिस्पर्श, खेलकुद आदि पनि गर्नुहुँदैन । धर्मशास्त्रमा बताइएअनुसार ग्रहणको समयमा सुत्नाले आयु क्षीण हुन्छ, पिसाब गरे दरिद्र हुन्छ, दिशा गरे किराफट्याँग्रा हुन्छ, विषय वासनामा लिप्त रहे अर्को जन्ममा सुँगुरको जुनी प्राप्त हुन्छ।


No comments:
Post a Comment