Friday, January 15, 2010

१२ बर्षे मकर मेला


प्राचीन कालमा र्स्वर्गका राजा इन्द्रलाई ऋषिको श्राप परेपछि पाप मोचनका लागि पनौती त्रिवेणी घाटमा स्नानगरी पापबाट मुक्त भएको कुरा हिमवत खण्डमा उल्लेख भएको पाईन्छ । जात्रा मल्लकालीन राजाहरूको पालादेखिनै शुरुवात भएको मानिन्छ, हिन्दुत्वको संरक्षण र सर्म्बर्द्धनका खातिर वर्षौ पिच्छे यो जात्रा मनाउने प्रचलन चलेको र यस जात्रालाई हिले जात्रा पनि भनिन्छ ।
परापूर्वकालमा जात्राको दिन पुण्यमाता खोलामा ठूलो बाढी आएको थियो । खोलापार गरी ब्रम्हायणीमा पूजा गर्न जान नपाई साँझ परेको थियो । सो कुरा पुण्यमाता खोलामा रहेकेा बासुकी नाग-नागिनीले थाहा पाएर उनीहरू पुल जस्तै बनी पार गराएकाले ब्रम्हायणीमा पूजा गरेको सम्झना स्वरुप यो जात्रा संचालन भएको अर्को किंवदन्ती पाइन्छ । आजेभोलि नागनागिनीको प्रतीकका रुपमा दुइवटा बाँस राख्ने चलन छ ।
बासुकीले पनौतीलाई पुरै बेरी संरक्षण गर्न कपालकोट डाँडामा बसी हेर्ने गर्छन् भन्ने भनाई बुढापाकाहरूको छ । वंशावली अनुरुप परम्परा र हिन्दूत्वको संरक्षणका लागि यो जात्रा आज भन्दा २ हजार वर्षपहिलेदेखि संचालनमा आएको देखिन्छ । जात्रा पहिले रातमा सक्नु पर्दथ्यो यद्यपि अहिले दिउँसो सक्ने गरिएको छ ।
यस जात्रामा रोगी मानिसले त्रिवेणी घाटमा स्नान गरी गोरख नाथलाई पानी चर्ढाई एकचित्त ध्यान गरेमा सम्पूर्ण रोग नास हुनेछ भन्ने भनाई छ । सांस्कृतिक एवं पर्यटकीय रुपले पनौतीको गोरखनाथ डाँडाबाट पूर्वमा नमोबुद्ध, पश्चिममा फूलचोकी माई, उत्तरमा गौरीशंकर र दक्षिणमा नारायणस्थान पर्छन् । यी चारै देवस्थलको दर्शन गर्नाले सम्पूर्ण रोग कट्टा भई मनोकांक्षा पूरा हुने जनश्रुती पाइन्छ । त्यसै गरी जात्रा सम्पन्न गर्न पनौती नगरपालिकाका कार्यकारी अधिकृत आत्माराम सत्यालको अध्यक्षतामा बैठक बसी जात्राको लागि खर्च हुने रकम विनियोजन गरी सरोकारवालाहरूसँग समन्वय बैठक बसी जात्रा चलाउने निर्णयगरिएको कुरा पनौती नगरपालिकाले जनाएको छ ।

No comments:

Post a Comment